logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट मान्छे बोलाएर आगो लगाउँछु : आलम


अंकुरण खबर
1.989K
Shares

काठमाडौं – रौतहटको बम काण्डमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित मोहम्मद आलमको धम्की आलमले प्रहरीलार्ई धम्क्याएको खुलासा भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते १३ जनालाई नजिकैको इट्टाभट्टा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका आलमले भारतबाट मान्छे बोलाएर आगो लगाउने चेतावनी दिएका छन् ।

आज प्रकाशित एक पत्रिकामा सांसद आलमले २ मिनेट २४ सकेण्ड लामो भिडियो मार्फत रौतहटमा भारतबाट मान्छे बोलाएर आगो लगाउने चेतावनी दिएका हुन् । उनले प्रहरीलाई आफुलाई ठट्टा नठान्न पनि धम्की दिएका छन् ।