logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसीसी इमर्जिङ एसिया कप : नेपाल बंगलादेशसँग पराजित


अंकुरण खबर
767
Shares

काठमाडौं – बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । अपराजित बंगलादेशले ३ खेलमा ६ अंक जोड्यो ।

नेपालले भने ३ खेलमा २ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ ।