काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटामा जारी छलफलमा आज हुने भनिएको मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल चलिरहेको छ ।
मन्त्रिपरिषदका साथै सभामुखको पदपूर्ति लगायतका विषयमा आजै टुंगो लगाउने गरि पार्टी अध्यक्ष द्वय लागि परेका हुन् ।
यसअघि बिहान ९ बजे बस्ने भनिएको पार्टी सचिवालय बैठक पनि अध्यक्ष द्वयबीच कुरा मिल्न नसकेपछि सारिएको छ । सचिवालय बैठक १२ः ३० बजेका लागि बोलाइएको छ । अध्यक्ष द्वय ओली र प्रचण्डबीच मोटामोटी सहमति भएपछि बल्ल सचिवालय बैठक बस्ने बताइएको छ ।