सन् २०२० मा युरोपका विभिन्न १२ वटा शहरमा हुने युरोकप फुटबल प्रतियोगिताका लागि २० टिमको टुंगो लागेको छ।
बुधबार राति वेल्सले हंगेरीलाई २–० ले पराजित गरेसँगै २० टिमकै टुंगो लागेको हो । छनोट चरणका दश समूहबाट विजेता र उपविजेता छनोट भएका हुन्।
सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने युरो कपमा २४ टिमले सहभागिता जनाउँदैछन् । २४ देशबीच हुने युरो कपको बाँकी चार स्थानका लागि १५ देशबीच प्लेअफ हुने भएको छ ।
छनोट भएका टिम:
समूह एः इंग्ल्याण्ड, चेक गणतन्त्र
समूह बीः युक्रेन, पोर्चुगल
समूह सीः जर्मनी, नेदरल्याण्ड्स
समूह डीः स्वट्जरल्याण्ड, डेनमार्क
समूह ईः क्रोएसिया, वेल्स
समूह एफः स्पेन, स्वीडेन
समूह जीः पोल्याण्ड, अष्ट्रिया
समूह एचः फ्रान्स, टर्की
समूह आईः बेल्जियम, रसिया
समूह जेः इटाली, फिनल्याण्ड
बाँकी चार स्थानका लागि कोसोभो, बुल्गेरिया, सर्विया, नर्दन आइरल्यान्ड, बेलारुस, आयरल्यान्ड गणतन्त्र, जर्जिया, हंगेरी, स्लोभिकया, नर्वे, रोमानिया, मेसेडोनिया, इजरायल, स्टकल्यान्ड र बोस्निया एन्ड हर्जगोभिनाबीच प्ले अफ हुनेछ ।