काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘ए’मा परेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलमा नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुआत गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अर्को साताको बुधबार हुनेछ ।
६ टिम सहभागी महिला भलिबल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।