logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षाका कारण पारसको टिमले अंक बाँड्यो


अंकुरण खबर
832
Shares

काठमाडौं –  युएईमा जारी टी–१० क्रिकेट लिगमा पारस खड्का रहेको टिम आबुधाबी र डेकन ग्लाडीयटर्सले अंक बाँडेका छन् । शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि दुवै टिमले एक एक अंक बाँडेका हुन् ।

आबुधाबीले दिएको १ सय १९ रनको लक्ष्यसहित ग्लाडीयटर्सले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि ग्लाडीयटर्सले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । आबु धाबीका लागि वेनी मेड्सेनले २९, लुक राइटले २३ र लेवीस ग्रिगोरीले अविजित २० रन बनाए ।

ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए । जवाफमा १ सय १९ रनको लक्ष्य पछ्याएको ग्लाडीयटर्सको पारीमा वर्षा बाधक बन्यो ।