काठमाडौं – पुर्नगठित मन्त्रिमण्डलका एक मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेका छन। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीले चप्पलमै सपथ ग्रहण गरेका हुन।
सामान्यतया यस्तो अवस्थामा राष्ट्रिय पोशाक दौरा सुरुवाल र कोट लगाइने गरिए पनि तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुमध्ये अधिकांशले पछिल्लो समयमा तराईमा प्रचलित पोशाक लगाउँदै आएका छन् ।
अरु बेला भिन्न पोशाक लगाए पनि सार्वजनिक कार्यक्रममा उनीहरु धोती कुर्ता नै लगाउने गरेका छन् । मन्त्री त्रिपाठीले पनि कुर्ता पाइजमासँगै चप्पल लगाएका देखिन्छन् ।
राष्ट्रपति कार्यालयले समेत ड्रेस कोडलाई कडाइ गर्दै आएको भए पनि मन्त्रीहरुका हकमा भने सधैं मौन रहने गरेको छ ।
यसअघि कांग्रेस–माओवादी गठबन्धको सरकारमा पनि महेन्द्र यादवले चप्पलमा सपथ ग्रहण गरेपछि विवादमा आएका थिए ।