logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डलाई पेस्तोल उपहार दिने भट्ट बने उद्योग मन्त्री


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – प्रचण्डलाई पेस्तोल दिने प्रचण्डका कार्यकर्ता (लेखराज भट्ट) नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

आजभन्दा ३८ वर्ष पहिले प्रचण्डले आफ्ना कार्यकर्ताबाट जनयुद्धलाई सफल बनाउन उपहारस्वरुप एउटा पेस्तोल पाएका थिए । भारतको गोरखपुरमा ०३८ सालमा युवक संगठनको भेलादेखि नै केन्द्रीय सदस्य लेखराज भट्ट र प्रचण्डको घनिष्ठ सम्बन्ध रेहेको थियो । प्रचण्डको विश्वासपात्र मानिने भट्ट तेस्रोपटक मन्त्री बनेका हुन् ।

केपी शर्मा ओली नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषदमा पनि उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ ।