काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहोर्याउन नमिल्ने अडानमा आफू रहेको स्पष्ट पारे ।
अध्यक्ष दाहालले द्धन्द्धकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राखे।