logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सामाजवादी पार्टी सरकारबाट बाहिरीएपछि मात्रै एकता हुन्छ : अध्यक्ष महतो


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकिकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन ।

अध्यक्ष महतोले शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट बाहिरीएपछि मात्रै एकता हुने बताएका हुन ।

उनले भने, देशमा कांग्रेस र कम्युनिस्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पुरा गर्न लागेका छौं, तर समाजवादी पार्टी सरकार नछोडेसम्म एकता सम्भावन छैन ।

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी पार्टी लगायतका सँग एकताको कुरा भइरहेको बताएका छन । उनले राजपा सरकारमा जाने कुनै सम्भावना नरहेको बताउँदै संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।