logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली भु-भाग फिर्ता गर्न ढिलाई गर्न हुँदैन : रामवरण यादव


अंकुरण खबर
5.265K
Shares

काठमाडौं – नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको भएको भन्दै नेपाल–भारत सीमा विवाद सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने बताएका छन् ।

डा. यादवले सिन्धुलीमा स्थानीयसँग कुरा गर्दै सीमा विवादमा राजनीति दल नागरिक समाज सवै एकीकृत भएकोमा खुशी व्यक्त गरे । उनले सरकारले नेपाली भु-भाग फिर्ता गर्न कुटनीतिक रुपमा समाधान खोज्न ढिलाई गर्न नहुने बताए ।

उनले चुरे विकास निर्माणका कारण प्रामृतिक दोहोन बढेकाले तराईमा पानीका मुहान सुक्दै गएर मरुभूमी बन्नेमा सवै सचेत हुनुपर्ने बताए ।

वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षणका ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको उनको भनाइ थियो ।