logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिमल घर्तिमगर सहित तीन खेलाडीले साग खेल्न नपाउने


अंकुरण खबर
1.82K
Shares

नाइट क्लबमा भेटिए पछि कार्बाहीमा परेका राष्ट्रिय फुटबल टीमका तीन खेलाडीले दक्षिण एसियाली खेलकुद (साग)खेल्न नपाउने भएका छन् ।

सन् २०२२ को विश्वकप र २०२३ को एसियाकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेल गुमाएका बिमल घर्तिमगर, अञ्जन बिष्ट र दिनेश राजवंशीले साग समेत खेल्न नपाउने भएका छन् ।

कुवेत विरुद्ध हुने खेलका लागि भुटान जाने अघिल्लो रात नाइट क्लब गएका कारण यी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्बाही गरेको छ ।

एन्फाले पुरानै निर्णयलाई कायम राखे पछि स्ट्राइकर बिमल, फिडमिल्ड अञ्जन र डिफेन्डर दिनेशले साग गुमाउने भएका हुन् । नाइट क्लबमा भेटिएका अर्का फिडफिल्डर सन्तोष तामाङ भने कुवेत विरुद्धको खेलमा समेत टीममा थिएनन् ।

यी तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई अवसर दिइने एन्फाले जनाएको छ । नाइट क्लबमा भेटिएका यी तीन खेलाडीलाई गरिने कार्बाहीबारे भने अहिलेसम्म निर्णय नभएको एन्फाका प्रवक्ता किरण राईले बताए ।