काठमाडौं – सभापति शेरबहादुर देउवाले भारतले हालै जारी गरेको नयाँ नक्सालाई लिएर प्रधानमन्त्री केपी ओलीमाथि लगाएको आरोपको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सांकेतिक रुपमा खण्डन गरेका छन् ।
देउवाको आरोप आशंकाको रुपमा मात्र रहेको शर्माले बताए । पोखरामा आयोजित चुनावी सभामा बोल्दै देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सल्लाहमै कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा समेटिएको आरोप लगाएका थिए ।
‘प्रधानमन्त्रीमाथि हाम्रा सभापति ज्यूको आशंका मात्र हो,’सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘आशंकालाई पार्टीको ठहर मान्न मिल्दैन ।’शर्माले देउवाको अभिव्यक्तिको खण्डनमा लाग्नुभन्दा भारतसँग कुटनीतिक वार्तामार्फत समस्या सुल्झाउन सुझाव दिए ।
शर्माले सरकारलाई नेपालको नक्सा सार्वजनिक गर्न पनि आग्रह गरे । सरकारले नसको तीन दिनभित्र उक्त काम काँग्रेसले गर्ने उनको भनाइ थियो ।