logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई आज सम्मान गर्दै


अंकुरण खबर
1.716K
Shares

काठमाडौं – सरकारले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि विजेताराष्ट्रिय महिला भलिबल टिमलाई आज सम्मान गर्दैछ ।

काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सम्मान गर्न लागेका हुन् ।

खेलाडीलाई तीन लाख नगद सहित सम्मान गर्ने घोषणा राष्ट्रिय खेलकुद परिषदले यसअघि नै गरिसकेको थियो । सोही पुरस्कार रकम प्रधानमन्त्रीमार्फत खेलाडीलाई दिन लागिएको हो ।