logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला भलिबल टिम नगदसहित सम्मानित


अंकुरण खबर
1.586K
Shares

सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ ।  राजधानीमा आज एक कार्यक्रमकाबीच सरकारले भलिबल टिमलाई जनही ३/३ लाख नगदले सम्मान गरेको हो ।

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गरेपछि सरकारले भलिबल टिमलाई सम्मान गरेको हो ।

खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले संयुक्त रूपमा सम्मान गरे । बंगलादेशमा ऐतिहासिक उपाधि जितेपछि सरकारले नेपाली टिमलाई जनही ३ लाखले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

गत कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो ।