logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई भेटेर फर्किए प्रचण्ड


अंकुरण खबर
1.989K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

ओलीलाई भेट्न प्रचण्ड महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि मंगलबार बिहान शल्यक्रिया गरिएको थियो।

डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा सुधार हुने बताएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।