logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा


अंकुरण खबर
1.43K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

धरानमा आयोजित उपनिर्वाचनको बृहत सभा सम्बोधन गरेर काठमाडौं फर्किएका सभापति देउवा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न आज शिक्षण अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको शिक्षण अस्पतालले जनाएको छ । प्रेस नोट जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओली राम्रोसँग बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ ।

प्रेस नोटमा लेखिएको छ, “सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ ।”

मंगलबार शल्यक्रिया गरिए पछि प्रधानमन्त्री ओली निरन्तर निगरानीमा छन् । स्वास्थमा सुधार आएकाले बुधबार बिहानबाट भेन्टिलेटर हटाइएको छ ।