logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग भलिबल : नेपालको विजयी सुरुवात


अंकुरण खबर
2.912K
Shares

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद-सागको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा बुधबार बंगलादेशलाई  सोझो सेटमा पराजित गर्‍यो। नेपालले बंगलादेशलाई २५-९, २५-९  र २५-११ को सेटमा हरायो। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्ने छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

महिला भलिबल ‘वेस्ट अफ फाइभ’का आधारमा खेल सन्चालन हुने छ। प्रतियोगिता औपचारिक सुरु हुन चार दिन बाँकी रहेपनि भलिबलका खेलहरु बुधबारदेखि सुरु भएका हुन्।

पुरुष भलिबलको पहिलो खेल पनि बुधबार हुँदै छ। साँझ हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘ए’मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार भारतसँग खेल्ने छ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

भलिबलको महिला र पुरुष दुवैमा समान ६ देश सहभागी छन्।