logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१३ औँ साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा : मन्त्री विश्वकर्मा


अंकुरण खबर
715
Shares

काठमाडौं – सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पूरा भएको बताएका हुन् ।

त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए । समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरु, नेपाली कलाकारहरु सहभागिता रहने समेत उनले बताए ।

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाँसिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।

सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।