logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलको खेल तालिका आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर अन्तिम साताबाट शुरु हुने लिगको खेल तालिका एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार दिउँसो २ बजेपछि  सार्वजनिक गर्ने जनाएको छ ।

‘ए’डिभिजन लिग मंसिर २८ गतेबाट सुरु हुनेछ । रेलिगेसनसहितको हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लागि १४ क्लबले १८र१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।

यस्तै एन्फाले एन्फा कम्प्लेक्सको गेट अगाडी निर्माण गरिएको पार्कको उद्घाटन समेत शुक्रबार गर्ने जनाएको छ ।