logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग भलिबल : आज नेपाली पुरुष टोली भारतसँग भिड्दै


अंकुरण खबर
4.251K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष भलिबलमा नेपालले आज शुक्रबार भारतसँग खेल्दैछ ।

समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

समूह ए को पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारतमाथि जित निकाल्नु पर्ने दबाब छ ।

आजै राति ७ बजे श्रीलंका र माल्दिभ्स पनि आमने सामने हुने छन् । यसैगरी महिला भलिबल तर्फ आज दिउँसो १ बजे भारत र बंगलादेश तथा दिउँसो तीन बजे श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।