logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता


अंकुरण खबर
1.69K
Shares

काठमाडौं – विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

रुस र सर्वियाको भ्रमणमा गएका मन्त्री ज्ञवाली पूर्वनिर्धारित कार्यक्रम भन्दा दुई दिनअघि नै स्वदेश फर्किएका हुन् । उनी आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताए । तर उनले भ्रमण नै छोट्टयाएर फर्कनु पर्ने त्यस्तो परिस्थिति के हो भन्नेबारे प्रष्ट खुलाएनन् ।

आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो । मन्त्री ज्ञवाली शनिबार रुस प्रस्थान गरेका थिए । ११ गतेसम्म रुस तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने उनको तालिका थियो ।

मस्कोमा उनले रुसी समकक्षी सर्गेई लाभरोभसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए । भेटका क्रममा उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।