logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रचण्ड चीन जाँदै


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु चीन भ्रमणमा जाने बताएका छन् ।

नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।

प्रचण्डले राष्ट्रपति सी चिनफिङसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको दावी गरे ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सी चिनफिङको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।