logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरभाडामा बस्‍नेको विवरण अब प्रहरीमा अनिवार्य बुझाउनुपर्ने


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – सरकारले घरभाडामा बस्‍नका लागि नयाँ नियम सुरु गरेको छ । आज गृह मन्त्रालयमा भएको बैठकले घर वा कोठा भाडामा लगाउँदा भाडामा लिनेको परिचय खुल्नेसहितको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने नियम ल्याएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले यस्तो नियम लागू गर्ने निर्णय गरेको हो । गृहले यस्ता क्रियाकलापले समग्र शान्ति सु-व्यवस्थामा गम्भीर असर पर्ने भएको जनाउँदै काठमाडौं उपत्यका लगायत देशका  मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्तिरसंस्थारकार्यालयका लागि नयाँ नियम लागु गर्ने निर्णय लिएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको भन्दै’ गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको छ ।

उपत्यकाका विभिन्न स्थानमा चिनियाँ नागरिकले महँगो रकममा घर भाडामा लिएर अवैध धन्धा चलाएको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो ।