कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ । मतगणना बिहान २ बजेदेखि शुरु भएको हो । अहिलेसम्म ३३ वडाको मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । जहाँ ५ हजार ६ सय ४२ मत खसेको थियो ।
जसमध्ये नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् । वडा नम्बर–३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेसले ७ मत पाएको छ ।
रातको साढे दशबजेबाट सुरु हुने भनिएको मतगणना मतपेटीकामा लगाइएको शिल्डको रुज गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको थियो । रातिको १०ः३० मा सुरु हुन लागेको मतगणना विवादका कारण १ः४० बजे सुरु भएको थियो ।
कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ । वडा नम्बर–३३ को मतगणना ६ बजे सकिएको थियो ६ बजेदेखि वडा नम्बर–२१ को मतगणना सुरु भएको छ । मतगणना जारी छ ।