काठमाडौं – उपनिर्वाचनअन्तर्गत शनिबार भएको मतदानमा कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ को वडाध्यक्षमा सत्तारुढ नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
तामाङ ५२८ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत पाए । उक्त वडा खानेपानीमन्त्री बिना मगरको वडा हो । मन्त्री मगरले पनि मतदान गरेकी थिइन् ।
कुल मतदाता ११९९ रहेकामा ९२४ मत खसेको थियो ।