संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाका तेजबहादुर पोख्रेल विजयी भएका छन् ।
३ हजार १८ मत ल्याएर उनी विजयी भएका हुन् । नेकपाका पोख्रेलले ८ सय २ मतको अन्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २ सय १६ मत पाए । ९ हजार १ मत रहेको मकालुमा ५ हजार ७ सय ७४ मत खसेको थियो ।
मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गरेका छन् । नेकपाका विजयी उम्मेदवार तेजबहादुर पूर्वशिक्षक हुन् ।
मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल जीप दुर्घटनामा ३० पुस २०७४ मा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।