logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङ प्रदेशसभामा जनमोर्चाका शाही विजयी


अंकुरण खबर
2.574K
Shares

काठमाडौं – प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।

बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए ।

९ हजार ३ सय ३८ कुल मत खसेकोमा ९ हजार ७७ मत सदर तथा १ सय ६१ मत बदर भएको थियो ।

गत चुनावमा यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र जनमोर्चाका संयुक्त उम्मेद्वार टेकबहादुर घर्ती मगर विजयी भएका थिए।