प्रजातन्त्र आएपछि भएका हरेक निर्वाचनमा कांग्रेस उम्मेदवारले हार्दै आएको सुनसरीको धरानमा पहिलोपटक कांग्रेसले मेयरमा जित हात पारेको छ ।
धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जितेसँगै कांग्रेसलाई एैतिहासिक सफलता प्राप्त भएको हो ।
तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो।
मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले योपटक भने बढी मत पाएका हुन्।