काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो खेलाडी आयशा शाक्यको पोल्टोमा फेरि अर्को स्वर्ण पदक हात परेको छ ।
उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् । आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि टिममा संजीवकुमार ओझासँग मिलेर स्वर्ण जितेकी हुन् ।
दुबैको स्कोर ८.१६० रह्यो । ७.८६० अंकका साथ पाकिस्तानले रजत जित्यो भने बंगलादेशले ७.८५० अंकका साथ कास्य पदक जितेकी थिइन् ।