logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग खेलकुदः पुरुष क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित


अंकुरण खबर
949
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नै पराजित भएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । श्रीलंकालाई जित दिलाउनका लागि सबैभन्दा बढी शाम्मु आसनले ७२ रनको योगदान दिए भने निशान मदुस्काले ४६ रन, पाठुन निसान्काले ३० रनको योगदान दिए ।

नेपालका लागि पवन शर्राफले २ तथा सोमपाल कामी र सुशन भारीले एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उकृष्ट ब्याटिङ गर्दै ७२ रनको योगदान दिए ।

यसैगरी पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ तथा आरिफ शेखले १९ रनको योगदान दिएका थिए ।