logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग फुटबल : नेपालको शानदार जीत, भुटान ४-० गोलले पराजित


अंकुरण खबर
884
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपालले शानदार जीत हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

पहिलो हाफमा नेपालले एक गोल गरेको थियो । खेल सुरु भएको ५ मिनेटमा नै  कप्तान सुजल श्रेष्ठले नेपालको तर्फबाट खाता खोलेका थिए । ५० औं मिनेटमा पनि नेपालका लागी सुजलले नै दोश्रो गोल गरेका थिए ।

खेलको ६६ औं मिनेटमा अभिषेक रिजालले तेस्रो, खेलको ७६ मिनेटमा मिक्छेन तामाङले चौथो गोल गरेका थिए ।

भुटानले केही मौका पाए पनि गोल गर्न भने सकेन ।