काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको तेक्वान्दोकी काजोल श्रेष्ठले स्वर्ण पदक जितेपछि यो सागमा नेपालको स्वर्ण संख्या २२ पुगेको छ ।
तेस्रो दिन काजोल श्रेष्ठ, सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन ।
१३ औं सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको थियो । यो सँगै नेपालले १३ औं सागमा आएर स्वर्ण संख्या एक सय र्पुयाएको छ ।
१२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो । नेपालले अहिलेसम्म १२५ रजत र २८० कास्य जितीसकेको छ ।