logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग फुटबलमा भुटानविरुद्ध नेपाल ४-० ले विजयी


अंकुरण खबर
1.456K
Shares

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको छ ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। आक्रमक खेलेको नेपालले दोस्रो हाफमा तीन गोल थपिसकेको छ। नेपालका लागि खेलको ५० औँ मिनेटमा सुजल श्रेष्ठले नै अर्को गोल थप्दै खेललाई २-० को अवस्थामा पुर्‍याए। त्यसपछि खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् गोल गर्दै अग्रता ३-० मा पुर्‍याए।

नेपाल त्यतिमै रोकिएन। घरेलु मैदान र दर्शकको साथ पाएको नेपालका लागि खेलको ७७ औँ मिनेटमा मिचेन तामाङले उत्कृष्ट फ्री किक गोल गर्दै अग्रता ४-० मा पुर्‍याए।  त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेकाले नेपालले सहज जित दर्ता गराएको हो। यसअघि महिला फुटबलमा नेपालले श्रीलंकालाई पोखरामा १-० गोलअन्तरले पराजित गरिसकेको छ।