logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१३ औं सागः करातेका अन्तिम ४ स्वर्णको छिनोफानो आज, फुटबलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ अन्तिम ४ स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

करातेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्णको पदकको छिनोफानो आज हुनेछ । यसैगरी फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका प्रतिस्पर्धा पनि आजै हुनेछन् । नेपालले करातेतर्फ ९ स्वर्ण पदक जितेको छ भने ३ रजत र दुई कास्य पनि हात पारेको छ । १५ स्वर्णमध्ये बंगलादेश र पाकिस्तानले समान ३ स्वर्ण जितेका छन् ।

त्यस्तै, यसपटक ९ स्वर्ण जितिसकेको तेक्वान्दोमा आज ६ स्वर्ण पदकको छिनोफानो आज हुँदैछ । कुल २९ स्वर्ण रहेको तेक्वान्दोमा पुम्सेतर्फ १३ र फाइटतर्फ ४ गरी १७ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । आज ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ । उसुका दुई स्वर्णको पनि आज हुनेछ । बुधवार नेपालले उसुमा दुई स्वर्ण जितेको थियो ।

त्यस्तै दशरथ रगशामा एथ्लेटिक्सका खेलहरु हुनेछन् । गोकर्णमा गल्फको दोस्रो दिनको खेल हुनेछ भने गोकर्णमै साइक्लिङ पनि हुँदैछ । सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुँदैछन् ।

फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे हुनेछ । यसअघि मंगलबार नेपालले भुटानलाई ४–० ले हराएको थियो ।