logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल विशेष दूत


अंकुरण खबर
1.82K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका हुन् । तर, भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए ।

१८ मंसीरको नेकपा सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएको छ ।

भारत सरकारले १६ कात्तिकमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ ।