काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको हो । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको छ ।
पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।