logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल महिला ह्यान्डबलको सेमिफाइनलमा


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान पोखरामा भएको खेलमा बंगलादेशलाई २६–२४ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले २–२ गोल गर्दा कल्पना वलीले एक गोल गरिन् ।