नेपाल १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपालले स्वर्ण पदकका लागि भारतसँगको भिडन्त पक्का गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरिन् ।
पोखरा रंगशालामा भएको खेलमा नेपालले १६औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् ।
खेलको इन्जुरी समयमा सावित्रालाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै उनले ह्याट्रिकक गरिन् । उनले आजको खेलमा गोल गरेपछि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानसमेत बनाएकी छन् ।