काठमाडौं – नेपालमा जारी १३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले भुटानलाई पराजित गरेको छ ।
शुक्रबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई १० विकेटले पराजित गरेको हो ।
भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले विकेट क्षतिबिना ६.५ ओभरमा भेट्टाएको हो । बंगलादेशका सौम्य सरकारले नट आउट ५० तथा मोहम्मद नइमले ६० रन बनाए ।
टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो ।
भुटानका तेन्जिङ वान्चुकले १५, जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका मनिक खानले २ विकेट लिए । अन्य चार जनाले १–१ विकेट लिए ।
यसैबीच, आजै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।