काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकाले नेपाललाई १ सय १९ रनको लक्ष्य दिएको छ ।
शुक्रबार पोखरा रंगशालमा भएको खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन जोडेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रनको योगदान गरिन् । त्यस्तै, अमरतुङ्गा अनालीले ३५ र साथ्य सन्दीपनीले २२ रन जोडिन् ।
नेपालका लागि सोनु खड्काले २ विकेट लिइन् । ४ ओभर बलिङ गर्दा १३ रन खर्चिएर दुई विकेट लिएकी हुन् । यस्तै, सरस्वती चौधरीले नेपालका लागि २ विकेट र अन्जली चन्दले १ विकेट लिइन् ।
नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।