logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । ११९ रनको लक्ष्य पच्छ्याएर ब्याटिङमा आएको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो ।

श्रीलंककी सचिन निशानसालाले ३ विकेट लिइन् भने सत्थ्य सन्दिपानीले ४ ओभर बलिङ गर्दै २ विकेट लिइन् भने १ मेडन ओभर राखेर जम्मा ५ रन खर्च गरिन् ।

नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।