logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल


अंकुरण खबर
806
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने तयारी भएको छ ।

तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको नेकपाले सचिवालय बैठकमा पराजयको कारणबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

१४ मंसीरको उपनिर्वाचनमा धरान र भक्तपुर गुमाए पछि १८ मंसिरमा सचिवालय बैठक बसेको थियो । त्यही बैठकले तल्लो कमिटीबाट उपनिर्वाचनको समीक्षा आएपछि सोमबार छलफल गर्ने तयारी गरेको हो ।

सोमबारको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे समेत छलफल गर्ने भएको छ ।