logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४२ किमी दौडमा किरणसिंह बोगटीले जिते स्वर्ण


अंकुरण खबर
806
Shares

काठमाडौं  – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा पुरुषतर्फको ४२ किलोमिटर दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन्।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ। बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए।