logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुडोमा नेपालकी देवीकाले जितिन् स्वर्ण


अंकुरण खबर
858
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ ।

५२ केजीमुनि महिला जुडोमा देवीका खड्काले नेपाललाई स्वर्ण दिलाएकी हुन् । श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई राउन्ड रोबिन लिगमा पछि पार्दै देवीका स्वर्ण पदक जित्न सफल भइन् ।

१३औं सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो ।