logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार, पुरस्कार घोषणाको तयारी


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए ।

सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन् । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ ।