logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशनमा आफैं बलियो हुने गरी विभाग गठनमा देउवाको कसरत


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफुलाई नै बल पुग्ने गरी विभिन्न विभागहरु गठनको तयारी थालेका छन् ।

मंसिर २६ का लागि डाकिएको केन्द्रीय समितिको बैठकअघि नै देउवाले विभागहरु गठन गर्न कसरत गरेका छन्। केन्द्रीय समितिको बैठकअघि अन्तर्रा्ष्ट्रिय विभाग, सूचना‚ सञ्चार तथा प्रचार विभाग, संगठन विभाग, युवा तथा खेलकुदसहित केही महत्त्वपूर्ण विभाग गठनमा देउवाले आफु निकटका नेताहरुलाई खटाएको कांग्रेसका एक नेताले बताए ।

यता वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह भने सभापति देउवाले छलफलबिना एकलौटी ढंगले विभाग गठन गर्न सजिलो नहुने बताउँछन् ।