logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख दिइने भएको छ ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार दिने घोषणा गरेका हुन् ।

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।