काठमाडौं – लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा बनाइने भएको छ ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी हुन् ।
अहिलेसम्म प्राप्त तथ्यांकले लिम्पियाधुरा नेपालकै भएको देखाएका समेत उनले बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका लागि डकुमेन्ट संकलन गरिरहेको छ ।’
‘सरकार आफ्नो भूमि फिर्ता गर्ने पक्षमा छ । प्रधानमन्त्रीको मनसाय प्रधानमन्त्रीस्तरीय वार्ताबाटै भएपनि यो गर्ने देखिन्छ’, मन्त्री अर्यालले भनिन् ।
भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएको र सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको उनले बताइन् ।