logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल


अंकुरण खबर
832
Shares

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको काम, उम्मेदवारको चयनलगायतमात्र भएको प्रस्ट पारे ।

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत् दिएको मान्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाइसकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भइ समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सीमा विवादलाई अन्तर्रा्ष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नुमात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।